Pages

Saturday, April 5, 2014

चेल्सी इङलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा

काठमाडौं । चेल्सी इङलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा स्टोक सिटीलाई ३–० ले पराजित गर्दै चेल्सी पुनः शिर्ष स्थानमा फर्किएको हो । युरोपियन फुटबलमा लगातारको हार रोक्ने क्रममा चेल्सीका लागि मोहमद सलाह, फ्राङ्क लाम्पार्ड र विलियनले एक–एक गोल गरे । इङलिस प्रिमियर लिगमा क्रिष्टल प्यालेस र च्याम्पियनन्स लिगमा पेरिस सेन्ट जर्मेनसंग लगातार पराजय बेहोरेको चेल्सीले च्याम्पियन्स लिगको दोस्रो लेगमा मंगलबार आफ्नै मैदान स्टामफोर्डब्रिजमा प्रतिस्पर्धा गर्दै छ । जसमा उसलाई कम्तिमा पनि ३–० अन्तरको जित आवश्यक छ । शनिबार राती नै भएको अर्को खेलमा साउथह्याम्टनलाई ४–१ ले हराउदै म्यान्चेस्टर सिटीले चेल्सी र लिभरपुलमाथिको दबाब बढाएका छ र उसको हातमा अझै २ खेल बाँकी छन् । सिटीको जितमा याया टोरे, समिर नासरी, एडिन जेको र जोभेटिकले एक–एक गोल गरे भने साउथह्याम्टनका लागि लाम्बेर्टले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । अन्य खेलहरुमा म्यान्चेस्टर युनाईटेडले न्युकासललाई ४–० ले हरायो भने क्रिष्टल प्यालेसले कार्डिफलाई ३–०, फुलहमले एस्टर्नभिल्लालाई २–१ ले तथा, हल सिटीले स्वान्सीलाई र वेष्टब्रंोमले नर्विचलाई समान १–० ले पराजित गरेका छन् । शनिबाररातीको खेलसंगै ३३ खेलबाट ७२ अंक जोड्दै चेल्सी शिर्ष स्थानमा उक्लिएको छ भने ३२ खेलबाट ७१ अंक रहेको लिभरपुल दोस्रो तथा ३१ खेलबाट ७० अंकको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेका छन् ।

0 comments:

Post a Comment