Thursday, April 3, 2014
दुबईमा भ्यान दुर्घटना हुँदा एक नेपालीको मृत्यु
दुबईमा भ्यान दुर्घटना हुँदा एक नेपालीको मृत्यु
चैत २० - दुबईमा नेपाली चढेको भ्यान
दुर्घटना हुँदा एक नेपालीको ज्यान गएको छ ।
दुर्घटनामा दोलखा लाकुरीडाँडाका कृष्णबहादुर
खत्रीको ज्यान गएको हो ।
दुई
वर्षदेखी दुबईको केएफसी कम्पनीमा कार्यरत
खत्रीको शुक्रबार ज्यान गएको हो । नियमित
ड्युटी सकेर बासस्थान फर्कने
क्रममा खत्री चढेको भ्यान ट्रेलरमा ठोक्किएर
दुर्घटना भएको थियो ।
दुर्घटनामा खत्रीसँगै
रहेका पाकिस्तानी नागरिकको पनि ज्यान गएको छ ।
मृतकका आफन्तले पाउने बिमा बापतको सम्पूर्ण रकम
कम्पनीले चाँडै नेपाली राजदूतावासमार्फत
आफन्तलाई दिने
सहमति खत्रीका काका जीतबहादुर
खत्रीले जानकारी दिनुभयो ।
नवराज बस्नेत/युएई ।
उज्यालो नाईन्टी नेटवर्क
Labels:
ABROAD
0 comments:
Post a Comment