Pages

Sunday, March 30, 2014

असोजमा पाचौ कोरियन भाषा परिक्षा हुने

काठमाण्डौ ,१६ चैत्र । पाचौ कोरियन भाषा परिक्षा २०७१को असोजमा हुने भएको छ । २०१५ को को लागि छुटयाईने कोटाको लागि असोज अन्तिममा परिक्षाको तयारी भईरहेको ईपिएस कोरिया शाखा ग्वार्कोका निर्देशक डिल्लीराम बास्तोलाले बताएका छन । अहिलेको कोटा अनुसार थोरै मात्र २०१५ को लागि रोष्टरमा रहने बताउदै बास्तोलाले भने “यो वर्ष भित्रै परिक्षा गर्ने भनि कुराकानी भईरहको छ । गत वर्ष उतिर्ण ८ हजार १ सय मध्ये ७ हजार ६ सयले मात्र आवेदन फर्म भरेको पनि उनले जानकारी दिए । २०१४ को पहिलो ३ महिनामा २८००को श्रम करार आईसकेको भन्दै प्रकृया चाडै शुरु गर्न छलफल भएको बास्तोलाले बताएको हिमालय टाईम्समा खबर छ

0 comments:

Post a Comment