Pages

Saturday, January 11, 2014

१५ वर्षीया किशोरी बलात्कृत

अछाम – अछामको भैरवस्थान गाविसकी एक किशोरी बलात्कृत भएकी छन् । भैरवस्थान नम्बर ५ की १५ वर्षीया एक किशोरी बलात्कृत भएकी हुन् ।

उनलाई बलात्कार गरेको आरोपमा स्थानीय २० वर्षीय नवराज बिसी पक्राउ परेका छन् । भिनाजु नाता पर्ने बिसीले किशोरीलाई कात्तिक २७ गते दैलेखको असाराबाट भटमास बिक्रि गरी घरतर्फ आउँदै गर्दा जुकेपानीमा बलात्कार गरेको किशोरीका दाजु टिकाराम बिसीले बताउनुभयो ।

बलात्कारपछि कुटपिट गरी कर्णाली नदीमा फाल्ने भन्दै लछारी रहेको बेला बालिकाका आफन्त जगत बिसी र धनराज बिसीले उद्दार गरेको टिकारामले जानकारी दिनुभयो । नवराजलाई आफन्तले दैलेखको टुनीबगरबाट राती ११ बजे समातेर प्रहरीलाई बुझाएका थिए ।

शुक्रबार गते आरोपीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अनुसनधान भैरहेको अछामका प्रहरी प्रमुख डिएसपी श्यामप्रसाद पौडेलले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयमा बालिकाको शारीरिक परीक्षण समेत गरिएको र स्वास्थ परीक्षणबाट पनि बलात्कार भएको पुष्टि भएको प्रहरीले जनाएको छ । बालिकाको अनुहार, हात र छातीमा चोट लागेको छ ।
- उज्यालो

0 comments:

Post a Comment