Pages

Wednesday, March 26, 2014

कोरियाको कार्यसमय सबैभन्दा कडा

हेनेको सम्वाददाता दक्षिण कोरिया | दक्षिण कोरियाको कार्यसमय अन्य देशहरुमा भन्दा निकै कडा रहेको खुल्न आएको छ । कोरियाको महिला विकास संस्थानले कोरियामा रहेको १ हजार कम्पनीहरुमा गरेको सर्भेक्षणले यस्तो कुरा देखाएको हो । गत वर्षको जुलाई र अगष्ट महिनामा गरिएको सर्भेक्षणमा प्रत्येक कम्पनीबाट कम्तिमा पाँच जना कामदारहरु सहभागी गराइएको थियो । जसमध्ये केवल १२.५ प्रतिशत कम्पनीहरुले मात्र कार्यसमयलाई लचिलो बनाई कामदारहरुले चाहेको समयमा पार्ट टाईम कामको सुविधा दिने गरेको बताएका थिए । त्यस्तै ८.८ प्रतिशत कम्पनीहरुले अत्यधिक व्यस्त समयमा बढी समय काम दिने र काम कम भएको समयमा कार्यसमय छोट्याउने गरेको बताएका थिए । जसबाट काम कम भएको समयमा कामदारहरुले पार्ट टाइम काम गर्नका लागि पनि समय निकाल्न सक्छन् । कोरियाको तुलनामा युरोपियन युनियनमा कार्यसमय निकै लोचदार पूर्ण रहेको छ । स्वीडेनका ८० प्रतिशत कम्पनीहरुमा पार्ट टाइम कामदारहरु छन् । जुन कोरियाको १२.५ प्रतिशत भन्दा झन्डै ६ गुणा बढी हो । त्यस्तै जर्मनीमा ७९ प्रतिशत कम्पनीहरु तथा युकेमा ७५ प्रतिशत कम्पनीहरुमा पार्ट टाइम कामदारहरु रहेका छन् । युकेमा ६५ प्रतिशत कम्पनीहरुले कामदारलाई काम गर्नका लागि दुईवटा समय दिएर आफूलाई पायक पर्ने समय रोज्न लगाउने गरेको पाइएको छ । सो आँकडा स्वीडेनमा ६२ प्रतिशत र जर्मनीमा ५१ प्रतिशत छ ।

0 comments:

Post a Comment