Pages

Sunday, April 6, 2014

थलेडाँडामा जीप दुर्घटना हुँदा पाँज जनाको ज्यान गयो

मेलम्चीबाट भोताङतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा पाँज जनाको ज्यान गएको छ । बा ८ च , ७३८९ नम्बरको जीप थाङपालधाप गाविसको वडा नं. १ स्थित थलेडाँडामा दुर्घटनामा परेको हो । मृतकमा भोताङ गाविसका अन्दाजी ५० वर्षिय खामसाङ तामाङ र सोही गाविसकी अन्दाजी ३२ वर्षियाा सिरीमाया तामाङ छन् । मृतकमा ४ जना महिला र १ जना पुरुष छन् । अन्य मृतकको सनाखत हुन भने बाँकी छ । आज बिहान ११ः४५ तिर थलेडाँडाबाट अन्दाजी ४०० मिटर जति तल खस्दा जिप दुर्घटना भएको हो । जीपमा ८ जना सवार रहेको , दुई जना गम्भिर घाइते भएको र १ जनाले भने भने हाम फालेर ज्यान जोगाउन सफल रहेको प्रहरी सहायक निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

Saturday, April 5, 2014

चेल्सी इङलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा

काठमाडौं । चेल्सी इङलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा स्टोक सिटीलाई ३–० ले पराजित गर्दै चेल्सी पुनः शिर्ष स्थानमा फर्किएको हो । युरोपियन फुटबलमा लगातारको हार रोक्ने क्रममा चेल्सीका लागि मोहमद सलाह, फ्राङ्क लाम्पार्ड र विलियनले एक–एक गोल गरे । इङलिस प्रिमियर लिगमा क्रिष्टल प्यालेस र च्याम्पियनन्स लिगमा पेरिस सेन्ट जर्मेनसंग लगातार पराजय बेहोरेको चेल्सीले च्याम्पियन्स लिगको दोस्रो लेगमा मंगलबार आफ्नै मैदान स्टामफोर्डब्रिजमा प्रतिस्पर्धा गर्दै छ । जसमा उसलाई कम्तिमा पनि ३–० अन्तरको जित आवश्यक छ । शनिबार राती नै भएको अर्को खेलमा साउथह्याम्टनलाई ४–१ ले हराउदै म्यान्चेस्टर सिटीले चेल्सी र लिभरपुलमाथिको दबाब बढाएका छ र उसको हातमा अझै २ खेल बाँकी छन् । सिटीको जितमा याया टोरे, समिर नासरी, एडिन जेको र जोभेटिकले एक–एक गोल गरे भने साउथह्याम्टनका लागि लाम्बेर्टले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । अन्य खेलहरुमा म्यान्चेस्टर युनाईटेडले न्युकासललाई ४–० ले हरायो भने क्रिष्टल प्यालेसले कार्डिफलाई ३–०, फुलहमले एस्टर्नभिल्लालाई २–१ ले तथा, हल सिटीले स्वान्सीलाई र वेष्टब्रंोमले नर्विचलाई समान १–० ले पराजित गरेका छन् । शनिबाररातीको खेलसंगै ३३ खेलबाट ७२ अंक जोड्दै चेल्सी शिर्ष स्थानमा उक्लिएको छ भने ३२ खेलबाट ७१ अंक रहेको लिभरपुल दोस्रो तथा ३१ खेलबाट ७० अंकको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेका छन् ।

Thursday, April 3, 2014

एक लिटर पेट्रोल पनि घूस लिन्छ प्रहरी


२१ चैत, रौतहट । भ्रष्टाचारमा शून्य शहनशीलता भन्ने प्रहरीको नीतिविपरित रौतहटको एक प्रहरी चौकीका प्रमुखले अनधिकृत लाभ लिएका छन् । सुन्दै अचम्म र अपत्यारिलो लाग्ने घटनामा रौतहटस्थित बिर्ता प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भुवनेश्वर पाण्डेले एक लिटर पेट्रोलबापत एक सय ५० रुपैयाँ घूस लिएका छन् । चन्द्रनिगाहपुरबाट गरुडा जाँदै गरेको ना २ च ७८४६ नम्बरको म्याजिक भ्यानको ठक्करबाट वीरेन्द्र राजमार्गको बिर्ता चौकमा भुस्याहा कुकुर मरेपछि बिर्ता चौकीका प्रमुख प्रहरी सहयक निरीक्षक पाण्डेले गाडी नियन्त्रणमा लिएर चालक विजेन्द्र कुँवरवाट एक लिटर पेट्रोलबापत एक सय ५० रुपैयाँ जबरजस्ती घूस लिएका छन् ।आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ । प्रहरी सहायक निरीक्षक पाण्डेले घूस लिनकै लागि उक्त गाडीलाई गरुडाबाट आफ्नो नियन्त्रणमा लिएका हुन् । भ्यानको ठक्करबाट मृत्यु भएको कुकुरको विषयमा सम्बन्धित धनीको अनुपस्थिति हुँदा सयमेत प्रहरी सहयाक निरीक्षक पाण्डेले रकम नलिई भ्यान छाड्न नमानेपछि घूस दिनु परेको वताए ।

दुबईमा भ्यान दुर्घटना हुँदा एक नेपालीको मृत्यु

दुबईमा भ्यान दुर्घटना हुँदा एक नेपालीको मृत्यु चैत २० - दुबईमा नेपाली चढेको भ्यान दुर्घटना हुँदा एक नेपालीको ज्यान गएको छ । दुर्घटनामा दोलखा लाकुरीडाँडाका कृष्णबहादुर खत्रीको ज्यान गएको हो । दुई वर्षदेखी दुबईको केएफसी कम्पनीमा कार्यरत खत्रीको शुक्रबार ज्यान गएको हो । नियमित ड्युटी सकेर बासस्थान फर्कने क्रममा खत्री चढेको भ्यान ट्रेलरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा खत्रीसँगै रहेका पाकिस्तानी नागरिकको पनि ज्यान गएको छ । मृतकका आफन्तले पाउने बिमा बापतको सम्पूर्ण रकम कम्पनीले चाँडै नेपाली राजदूतावासमार्फत आफन्तलाई दिने सहमति खत्रीका काका जीतबहादुर खत्रीले जानकारी दिनुभयो । नवराज बस्नेत/युएई । उज्यालो नाईन्टी नेटवर्क

कोरियामा एक नेपालीको मृत्यु

सोल, चैत्र २० - कोरियामा एक नेपालीको मृत्यु भएको छ । राजधानी सोलबाट ३३ किमी टाढा पर्ने योङगीन शहर नजिकै कार्यरत पोखरा १५ का चन्द्रबहादुर कुँवरको मृत्यु भएको हो । ४० बर्षीय कुँवर बेगबोङ नामक बंगुर र्फममा कार्यरत थिए । त्यहाँ अरु एकजना नेपाली कार्यरत छन् । योङगीन प्रहरीले सोलस्थित नेपाली दूताबासलाई लेखेको पत्रमा मंगलबार राति ८.५० बजे उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएको उल्लेख गरिएको छ । पोस्टमार्टमका लागि अस्पतालमा शव पठाईको पनि पत्रमा जनाइएको छ । ईपीएसमार्फत ९ महिनाअघि आएका कुँवर अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको र्फम कार्यरत कामदारले बताए । उनको मृत्युबारे दूताबासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ । मृतकको श्रीमती र छोरा छोरी छन् । घटनाको बिस्तृत जानकारी लिन श्रम सहचारी अनिलकुमार गुरुङ बिहीबार त्यहाँ जाने भएका छन्