Pages

Tuesday, July 8, 2014

लोडसेडिङ अन्त्य गर्न १८ अर्ब सहयोग

काठमाडौ, असार २४ - एसियाली विकास बैंक (एडीबी) ले लोडसेडिङ अन्त्य गर्न १८ करोड डलर (करिब १८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । एडीबी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नेपाललाई ऋण दिने प्रस्ताव स्वीकृत गरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
एडीबीले ऊर्जा क्षेत्रमा गर्न लागेको यो सबैभन्दा ठूलो सहयोग हो । यसबाट विद्युत् प्राधिकरणले प्रस्तावित र निर्माणाधीन जलविद्युत् आयोजनासम्म प्रसारण लाइन निर्माण तथा मौजुदा प्रसारण लाइन स्तरोन्नतिलगायत कार्य गर्ने ऊर्जा मन्त्रालयका अधिकारीले बताए ।
उक्त सहयोगबाट विद्युत् लाइन नपुगेका ठाउँमा प्रसारण लाइन विस्तार, ट्रान्सर्फमरका लागि थप सब स्टेसनसमेत निर्माण गरिनेछ । विभिन्न ठाउँमा सबस्टेसन बनेपछि निर्माणाधीन र प्रस्तावित आयोजनाबाट निस्कने बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिनेछ । यसबाट प्रसारण लाइनको अभावले रोकिएका दर्जनौं जलविद्युत् आयोजना निर्माणको बाटो खुल्नेछ ।
प्राधिकरणले सबैभन्दा बढी बिजुलीको माग र भार भएको काठमाडौं उपत्यकामा प्रसारण लाइनको क्षमता वृद्धि गरी २ हजार मेगावाट पुर्याउनसमेत एडीबीको सहयोग सदुपयोग गर्नेछ । त्यसबाट प्राधिकरणले नेपाल-भारत रुपन्देहीको बर्दघाटबाट भारतको गोरखपुरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । नेपाल-भारत ढल्केबरदेखि मुजफ्फरपुरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको छ । बर्दघाट-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन दोस्रो हुनेछ । यो ४ वर्षमा बनाइसक्ने प्राधिकरणको लक्ष्य छ ।
प्राधिकरणले ऊर्जा मन्त्रालयमार्फत एडीबीसित सहयोग माग्दा मुलुकको आन्तरिक माग पूरा गरी केही वर्षपछि नै भारतमा १२ सय मेगावाट बिजुली निर्यात गर्ने प्रस्ताव गरेको छ । हाल नेपालले भारतबाट प्रतियुनिट २ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ ।
नेपालमा आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन हुन थालेपछि उचित मूल्यमा ती दुई निर्माणाधीन र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनबाट १२ सय मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न सकिनेछ ।

Sunday, June 29, 2014

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा सार्वजनिक 'दश हजार युवालाई परिचालन गरिने'



सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा सार्वजनिक
'दश हजार युवालाई परिचालन गरिने'



काठमाडौ, असार १५ - राष्ट्रपति रामवरण यादवले संसदको बैठकमा आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । दिउँसो तीन बजे सार्वजनिक गर्दै सुरु भएको नीति तथा कार्यक्रमले निक्कै महत्वकांक्षी योजनाहरु अघि सारेका छन् ।

केही मुख्य बुँदाहरु

दश हजार युवालाई स्वयंसेवकका रुपमा परिचालन ।

सार्वजनिक सेवामा हुने खर्चलाई परिणाम मुखी बनाइने ।

मुल्य अभिबृद्धि कर र राजस्वलाई बृद्धि गरिने ।

वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकतामा लगाइने ।

वैदेशिक सहायतामाथिको परनिर्भरता कम गर्ने ।

बचतको बानी बनाइने छ ।

सार्वजनिक खरिद ऐनलाई सुधार गरिने ।

कृषि क्षेत्रमा उत्पाद र उत्पादकत्व बढाउन, सामूहीक सरकारी

खाद्यन्नमा आत्मनिर्भर बनाइने ।

विदेशी लगानी भित्र्याउन नयाँ ऐन ल्याउने ।

विशेष आर्थिक क्षेत्रका लागि नयाँ कानुन ल्याउने ।

भैरहवामा विशेष आर्थिक क्षेत्र सुरु गरिने छ ।

कपडामा राष्ट्रिय उद्योगमा प्रवर्धन गरिने छ ।

पेट्रोल, ग्यास, चिनी, नुनमा कालो बजारी गर्नेलाई कडा कारबाही

पेट्रोलिय पदार्थमा नीजि क्षेत्रको सहभागिता, देशभित्र खोजी नयाँ शिराबाट गरिने छ ।

सिमेन्ट उत्पादनका लागि स्वदेशमै क्लिंकरको उत्पादन गरिने ।

नयाँ नेपाल उज्यालो नेपाल नारा बनाइने ।

स्थानीयको सहकार्यमा जलविद्युत निकाल्न प्रोत्साहित गरिने छ ।

जलवायु परिवर्तनबाट पर्ने असरको न्यूनीकरण गरिने ।

चट्याङ्बाट मानवीय क्षती हुन नदिन वैज्ञानिक विधि अपनाइने ।

कालीगण्डकी, कोशीलगायतका कारोडोरलाई तिब्रता दिइने ।

काठमाडौं–तराई क्षेत्रको द्रुतमार्ग निर्माणलाई पूरा गरिने ।