Pages

Saturday, January 11, 2014

योनी नभएकी किशोरीको कहानी, १७ बर्षमा बल्ल पत्तो पाइन्

जेकी बेक त्यसबेला छाँगाबाट खसेजस्तै भइन्, जव उनले थाहा पाइन् की उनको शरिरमा योनी नै छैन । यो उमेरसम्म आफु र अरु महिलामा कुनै अन्तर नदेखेकी जेकीले सोचेकी पनि थिइनन् उनी यस्तो दुर्लभ बिमारबाट गुज्रिएकी छिन भनेर ।

१७ वर्षको उमेरमा जब उनलाई ढाड दुख्न थाल्यो र महिनाबारी सुरु भएन तब उनी डाक्टरकहाँ गइन् । परिक्षणपछि डाक्टरले उनलाई ‘एमआरकेएच’ नामक दुर्लभ रोग लागेको बताए । यो विमारीबाट पीडित महिलाहरुको शरीरमा गर्भाशय र योनीद्वार नै हुँदैन ।

यो रोग लागेका महिलालाई बाहिरबाट हेर्दा चिन्न सकिदैन जवसम्म उनीहरु महिनावारी हुने अबस्थामा पुग्दैनन्  वा यौन सम्पर्कको प्रयास गर्दैनन् । उनको शरिरमा योनीको स्थानमा एक छिद्र छ जो बाहिरबाट हेर्दा ठ्याक्कै योनीजस्तो देखिन्छ । अब जेकीले जीवनमा न कहिल्यै यौनसम्पर्क गर्न सक्ने छिन्, न बच्चा जन्माउन नै ।

जेकीले भन्छिन् -’मैले कहिल्यै पनि आफूलाई अरु महिलाभन्दा फरक ठानिँन । यो खबर मेरो लागि चकित बनाउने खालको थियो । मलाई विश्वास नै लागेको छैन कि मेरो शरीरमा योनी नै छैन ।’ जेकी अहिले आफ्नो प्रेमीको खोजीमा छिन् ।

उनी भन्छिन्-’म आफ्ना लागि प्रेमी खोजिरहेकी छु । यदि कसैलाई यो समस्या हुन्छ भने ऊ मेरो लागि लायक हुन्न । म जो पुरुषलाई भेट्टाउँछु, उसलाई आफ्नो अवस्थाबारे भन्नेछु किनकी म चाहन्न कि उसलाई पछि पछुतो होस् ।’ बेलायतमा ५ हजारमा एक महिला एमआरकेएचबाट पीडित रहेको बताइएको छ ।

0 comments:

Post a Comment