Pages

Sunday, March 30, 2014

असोजमा पाचौ कोरियन भाषा परिक्षा हुने

काठमाण्डौ ,१६ चैत्र । पाचौ कोरियन भाषा परिक्षा २०७१को असोजमा हुने भएको छ । २०१५ को को लागि छुटयाईने कोटाको लागि असोज अन्तिममा परिक्षाको तयारी भईरहेको ईपिएस कोरिया शाखा ग्वार्कोका निर्देशक डिल्लीराम बास्तोलाले बताएका छन । अहिलेको कोटा अनुसार थोरै मात्र २०१५ को लागि रोष्टरमा रहने बताउदै बास्तोलाले भने “यो वर्ष भित्रै परिक्षा गर्ने भनि कुराकानी भईरहको छ । गत वर्ष उतिर्ण ८ हजार १ सय मध्ये ७ हजार ६ सयले मात्र आवेदन फर्म भरेको पनि उनले जानकारी दिए । २०१४ को पहिलो ३ महिनामा २८००को श्रम करार आईसकेको भन्दै प्रकृया चाडै शुरु गर्न छलफल भएको बास्तोलाले बताएको हिमालय टाईम्समा खबर छ

Friday, March 28, 2014

ABC facebook chat 123 CODES GOOD 4 CHAT Copy This Code and pest on Facebook Chat

[[107015582669715]] = A [[116067591741123]] = B [[115602405121532]] = C [[112542438763744]] = D [[115430438474268]] = E [[109225112442557]] = F [[111532845537326]] = G [[111356865552629]] = H [[109294689102123]] = I [[126362660720793]] = J [[116651741681944]] = K [[115807951764667]] = L [[106596672714242]] = M [[108634132504932]] = N [[116564658357124]] = O [[111669128857397]] = P [[107061805996548]] = Q [[106699962703083]] = R [[115927268419031]] = S [[112669162092780]] = T [[108983579135532]] = U [[107023745999320]] = V [[106678406038354]] = W [[116740548336581]] = X [[112416755444217]] = y [[165724910215]] = Z

कोरियामा इपिएस प्रणालीबाट आएका २ सय नेपाली पक्राउ

कोरियामा इपिएस प्रणालीबाट आएका २ सय नेपाली पक्राउ परेका छन्। भिसा भएका उनीहरुलाई काम गरिररहेको कारखानाबाट नै अध्यागमनका कर्मचारीले धमाधम पक्राउ गरिरहेको छ। ख्याडजु, वइजन्बु, आन्सान, इन्छन, थेगु, सुवन रसिउलबाट यस्ता नेपाली पक्राउ परेका हुन। यसरी समातिएकाहरु पहिले पनि कोरिया आएर काम गरेका तथा समातिएर नेपाल फर्के का तथा पछि फे रि इपिएस प्रणालीद्वारा यहाँ आएकाहरु बढी छन्। राति होस् या बिहान, जनुसुकै बेलामा पनि कोरियन अध्यागमन कर्मचारीले विना कुनै सूचना काम गरिरहरेको कारखानाबाट पक्राउ गर्ने गरेको उनीहरुले बताएका छन्। यसरी समातिएकालाई छानविनपछि मात्र नेपाल पठाउने जानकारी पनि दिइएको छ। यस सम्बन्धमाएनसिसी का अध्यक्षडेबिट राईसँग गरिएकोकु राकानी अहिलेसम्म इपिएसमार्फ त् फे रि कोरिया आएका नेपाली कति समातिएका होलान् ? राई : आजको दिनसम्म २ सय जना समातिसके को आधिकारिक सूचना प्राप्त भएको छ। उनीहरु सबै प्रक्रिया पुराएर आएका थिए तर किन समातिए त ? राई : किनभने उनीहरुले नाम परिवर्तन गरी आइ, पासपोट र जन्ममिति परिवर्तन गरेको प्रमाण फे ला पारेको र फोटोको आधारमा समातिएका हुन। यस्तो कसरी पत्ता लाग्यो ? यसमा नेपाली समूह र कोरियन दलालको ठूलो हात रहेको छ। किनभने यो सम्झौता दुई देशको सरकारबीच रहेको र कु नै पनि दलालले रकम उठाउन नपाएका कारणले उजुरी पर्न गएको जानकारीमा आएको छ। यस घटनालाई नेपाल सरकारले छिटोभन्दा छिटो समाधान गर्नुपर्ने हुन्छ। यदि सरकार मौन रहेको खण्डमा पीडित पक्षलगायत् कोरियामा भएका सम्पूर्ण नेपाली सङ्घ/ संस्था बुद्धिजीवी पत्रकार, नेपाली समुदायले गम्भीररुपमा सोच्नुपर्ने अवस्था सिर्जना हुनेछ। किन यो कुरा अहिले आयो त जब कि कोरियन सरकारले नै अन्तिम नामावली पठाएको थियो। त्यो बेलामा किन जाँचबुझ गरेन त ? राई : १. हाम्रो नेपाल सरकारको कमजोरी नै प्रमुख कारण हो किनभने एक व्यक्तिले इच्छाअनुसार नाम, जन्ममिति र नागरिकता पटकपटक फे र बदल गर्न सक्नु र गाविसदेखि परराष्ट्र मन्त्रालयसम्मकाकर्मचारी पनि यस कुरामा संलग्न रहेको पुष्टि हुन्छ। २. सम्बन्धित व्यक्ति पनि गैरकानुनी काम गरेको हुनाले पनि त्यस व्यक्ति सजायको भागिदार हुनुपर्ने हुन्छ तर उनीहरुको रहर होइन त्यो उनीहरुको बाध्यता हो। किनभने कोरियन सरकारले सजिलै भिसा नदिने हुनाले पनि उनीहरुले इपिएस प्रणाली अपनाएका हुन। राईका अनुसार यसरी नाम परिवर्तन गरी वा एक पटक कोरियाबाट समातिएर गएका नेपालीहरु फे रि इपिएस प्रणालीबाटैकिन नहोस्, कोरिया नआउनु राम्रो हुनेछ।

Thursday, March 27, 2014

दक्षिण कोरियासँग श्रमसम्झौता नवीकरण : अनलाइनबाट फारम भर्न पाउने

नवराज ढकाल,,काठमाडौं रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जाने कामदारले अनलाइनबाट फारम भर्न पाउने भएका छन्। कागजी प्रक्रियाबाट फारम भर्न निकै झन्झटिलो र रातभरि लाइनमा बस्नुपर्ने भएकाले अनलाइन फारम भराउने तयारी गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। आगामी जुलाईमा हुने श्रमसम्झौता नवीकरणमा नेपालले दक्षिण कोरियासँग अनलाइन फारम भर्ने व्यवस्था गर्न लिखित प्रस्ताव लैजान लागेको छ। सरकारले यसअघि गठन गरेको एक अध्ययन समितिले पनि अनलाइन फारम भराउने व्यवस्था गर्न सिफारिस गरेको थियो। अनलाइन फारम भर्न पाउने व्यवस्था लागू भएमा फारम बुझाउन काठमाडौं आउनुपर्ने व्यवस्थाको समेत अन्त्य हुनेछ।आवेदकले आफूलाई पायक पर्ने जुनसुकै ठाउँमा बसेर फारम बुझाउन पाउनेछन्। यसअघि कागजी फारम भर्नुपर्ने भएकाले काठमाडौंमै आउनुपर्ने बाध्यता थियो। स्रोतका अनुसार रोजगारदाता मुलुक कोरियाले पनि यसमा सहमति जनाउने लगभग निश्चित भएको छ। नेपालले यसअघि नै कोरियाली पक्षसँग यसबारेमा मौखिक जानकारी गराइसकेको छ। कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक हो।प्रत्येक वर्ष पाँच हजारदेखि सात हजार हाराहारीमा नेपाली युवाले कोरियामा काम पाउने गरेका छन्। कोरिया जानका लागि करिब ५० हजारजनाले आवेदन फारम भर्ने गरेका छन्। आवेदन फारम भर्ने बेलामा देशभरका युवा काठमाडौंमा आएर रातभरि लाइन बस्ने गरेका छन्। आवेदन दिनेको निकै ठूलो भीड लाग्ने भएकाले मध्यरातदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता परेको हो। कागजी प्रक्रियाबाट फारम भर्न निकैझन्झटिलो समेत हुने गरेको छ।यसबाहेकश्रमसम्झौता नवीकरणका क्रममा नेपालले कोरियन भाषा परीक्षामा उच्च अंक ल्याउनेव्यक्तिलाई प्राथमिकताका आधारमा पहिला जान पाउने व्यवस्था गर्न प्रस्ताव गर्ने भएको छ। भाषा परीक्षामा राम्रो अंक ल्याएकालाईपहिलाप्राथमिकता दिंदा मेहनत गर्नेहरूलाई थप हौसला बढ्न सक्ने भएकाले नेपालले कोरियासमक्ष यस्तो प्रस्ताव गर्न लागेको हो। अहिले भाषा परीक्षा पास गरिसकेपछि पनि एक वर्षसम्म कोरिया जान नपाएकाले पुन: स्वास्थ्यपरीक्षण गरी ईपीएसमा दर्ता गराउनुपर्ने प्रावधान छ। नेपाली पक्षले भाषा र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका व्यक्तिले एक वर्षपछि पुन: अर्को पटक स्वास्थ्य परीक्षण गर्न नपर्ने व्यवस्था गर्न प्रस्ताव गर्ने भएको छ। यसबाहेक नेपालले श्रमसम्झोता नवीकरण गर्दा कानुनी प्रावधानबमोजिम तीन वर्षभन्दा बढी कोरिया बसेर फर्किएका कामदारलाई पुन: कोरिया पठाउँदा अर्धदक्ष कामदारको मान्यता दिन आग्रह गर्ने भएको छ।तीन वर्ष बसेर काम सिकिसकेका, भाषा राम्रोसँग जान्ने व्यक्तिलाई फेरि पठाउँदा अदक्ष भन्नु न्यायसंगत नहुने नेपाली पक्षको ठम्याइ छ। कोरियामा काम गरिरहेका व्यक्तिलाई पेन्सन दिने व्यवस्था गर्नसमेत नेपाली पक्षले लबिङ गर्दैछ। कोरियाले आफ्ना रोजगारदातालाई 'नेसनल पेन्सनÓ योजना सञ्चालन गरिरहेको छ। यस कार्यक्रममा चार दशमलव पाँच प्रतिशत रोजगारदाता र चार दशमलव पाँच प्रतिशत कामदारबाट जम्मा गरिन्छ। अहिलेसम्म यस्तो योजनामा नेपालीलाई सहभागी गराइएको छैन। कोरियन कामदारसरह नेपालीले पनि पेन्सन पाउनुपर्ने विषय नेपाली पक्षले उठाउनेछ।सरकारले श्रमसम्झौता नवीकरणमा नेपालले उठाउने एजेन्डा तय गर्न ईपीएस कार्यालयका प्रमुख डिल्ली बास्तोलाको संयोजकत्वमा एक समिति बनाएको छ। समितिमा परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागका प्रतिनिधि सदस्य रहेका छन्। समितिका संयोजकसमेत रहेका ईपीएस शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियासँग गरिने श्रमसम्झौता नवीकरणमा नेपाली कामदारले पाउन सक्ने अधिकतम फाइदाका लागि लबिङ गरिने जानकारी दिए। हाल कामदारले भोग्नुपरेका समस्या समाधान गर्न नेपालले आफ्ना एजेन्डा प्रमुखताका साथ उठाउने उनले बताए। दक्षिण कोरियामा दुई देशका सरकारी तहबाट मात्र कामदार पठाउने गरिन्छ।आकर्षक तलब, मानवअधिकारको ग्यारेन्टीलगायतका कारण नेपाली युवा कोरियामा काम गर्न जानका लागि उत्साहित हुने गरेका छन्। कोरियाली रोजगारदाता पनि नेपाली कामदारसँग सन्तुष्ट छन्। सन् २०१३ मा नेपालले उत्कृष्ट काम गरेबापत पुरस्कारसमेत पाएको थियो। कोरिायासँग प्रत्येक दुई वर्षमा श्रमसम्झौता नवीकरण गर्नुपर्ने नियम छ। नवीकरणको अवधि आगामी जुलाईमा सकिँदैछ।

Wednesday, March 26, 2014

क्रेज बढ्न थालेपछि स्कूलमा अब क्रिकेट कोर्ष

टेलिभिजनमा क्रिकेट हेर्न थालेपछि धादिङ नलाङको मिन्दुका माविका विद्यार्थीहरु हिजो आज स्कुलको मैदानमा काठको मुङ्ग्रो र बल हातमा लिएर उफ्रने गर्छन् ।
खेलको ज्ञान र नियम पुरै थाहा नभएपनि उनीहरु टेलिभिजनमा देखेको बलिङ र ब्याटिङको नक्कल गर्दै चौका, छक्का, आउट, विकेट भन्दै ताली र सिटी बजाउँछन् । विद्यार्थीहरुलेखेलेको देख्दा शिक्षकहरुलाई पनि स्वाद पर्न थालेको छ । ‘विद्यार्थीहरुले बिस्तारै क्रिकेटप्रति रुची राख्न थालेका छन्, तर खेल्न मिल्ने मैदान चाहिँ छैन’ स्कुलमा शारिरीक शिक्षा पढाउने शिक्षक रामचन्द्र रिजालले उज्यालो अनलाइनसित भन्नुभयो ।
स्कुलमा पढाई नभएको बेला भलिबल, फुटबल, कपर्दी, छक्काईलगायतका खेल खेल्ने बानी परेका विद्यार्थीहरुमाबल्ल क्रिकेटको लत बस्न थालेको हो । ट्वान्टी ट्वान्टी विश्वकपमा नेपालको शानदार प्रदर्शनसँगै गाउँ टोलमा यसैगरी क्रिकेट क्रेज ह्वात्तै बढेको छ ।
यसअघि क्रिकेटमा चासो नराख्ने र खेल नबुझ्नेहरु समेत हिजोआज छक्का, चौका, बलिङ, ब्याटिङ मिसाएर क्रिकेटको कुरा गर्छन् । सरकारले पनि क्रिकेट मैदान बनाउने योजना अगाडि सारेको छ । क्रिकेट खेलाडीले पाएको सम्मान र वाहवाहीबाट धेरैजना उत्साहित भएका छन् । मैदान र पूर्वाधार नहुँदा पनि क्रिकेटले अन्तर्राष्ट्रियजगतमा नेपालको नाम उच्च राखेको भन्दै सबैले यो खेलको विकासमा जोड दिएका छन् । क्रिकेटको जग बलियो बनाउँदै अभ्यास र प्रेरणामा बल पुर्याए मात्र क्रिकेटको भविष्य राम्रो हुने खेलाडीहरु बताउँछन् । स्कुल तहदेखि नै क्रिकेट शिक्षा दिनुपर्ने उनीहरुको माग छ । माग र चर्चा बढ्न थालेपछि अब स्कुल तहमा क्रिकेट कोर्ष राख्ने तयारी भएको छ । निजी विद्यालयहरुले यसै वर्षदेखि शारिरीक शिक्षामा क्रिकेट खेल समावेश गर्ने योजना बनाएका छन् भने सरकारले पनि सकेसम्म छिटै पाठ्यक्रम बनाउने तयारी थालेको छ ।
‘माग र रुची बढ्दै गएकाले स्वभाविक रुपमा क्रिकेट खेल सम्बन्धी पाठ्यक्रम पनि अब समावेश हुन्छ’ शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले उज्यालो अनलाइनसित भन्नुभयो । नियमित रुपमा पाठ्यक्रम परिमार्जन हुने बेला अब विद्यालयस्तरमा क्रिकेट खेल सम्बन्धी पाठ पनि राखिने उहाँले बताउनुभयो ।
सरकारले हरेक ५/५ वर्षमा सामान्य र १०/१० वर्षमा पूर्ण रुपमा विद्यालयको पाठ्यक्रम परिमार्जन गर्दै आएको छ । कक्षागत रुपमा पाठ्यक्रम परिमार्जन गर्ने तालिका अनुसार यसवर्ष कक्षा ७ को पालो परेको छ । त्यसो भए कक्षा ७ मा यसै वर्षदेखि क्रिकेट कोर्ष समावेश हुन्छ त ? ‘यसै वर्ष त भन्न सकिन्न, तर शारिरीक विषयमा क्रिकेट कोर्ष राख्नुपर्ने महसुस भने सरकारले पक्कै गरेको छ ।’
त्यसो त विद्यालयले आफ्नो तर्फबाट स्थानीय आवश्यकता महसुस गरी कोर्षमा नभएको खेल पनि समावेश गर्न सक्छन् । तर अहिलेसम्म सरकारी स्कुलमा क्रिकेट सम्बन्धी पठनपाठन नभएको पाण्डेले बताउनुभयो ।
केही निजी विद्यालयहरुले भने यसअघि नै विद्यार्थीलाई क्रिकेट सम्बन्धी ज्ञान दिन थालेका छन् । स्कुलको कार्यक्रम हुँदा अरु खेलजस्तै विद्यार्थीहरुबीच क्रिकेट प्रतियोगिता पनि गराइन्छ ।
अब चाहिँ कोर्षमै क्रिकेट खेल समावेश गर्ने निजी विद्यालयहरुको तयारी छ । ‘शायद यसै वर्षदेखि केही निजी स्कुलले क्रिकेट कोर्ष समावेश गर्छन्’ प्याब्सनका महासचिव डिके ढुंगानाले उज्यालो अनलाइनसित भन्नुभयो । उहाँका अनुसार अर्को वर्षदेखि भने सबै स्कुलले ६ कक्षादेखि क्रिकेट कोर्ष पढाउन थाल्नेछन् ।
अहिले निम्न माध्यमिक तहसम्म स्वास्थ्य र शारिरीक शिक्षा अनिवार्य विषयको रुपमा पढाइन्छ भने जनसंख्या समेत थपेर ९ र १० मा यसलाई ऐच्छिक विषय बनाइएको छ । अहिलेसम्म कक्षा ६, ७ र ८ पढ्ने विद्यार्थीले शारिरीक शिक्षमा क्रिकेट खेल पढ्न र अभ्यास गर्न पाउँदैनन् । कोर्षमा फुटबल, भलिबल, कपर्दी, खो खो, दौड लगायतका खेल मात्र समावेश छन् ।
सर मिसले पढाउँदा क्रिकेट खेल्न नपाएपनि स्कुलमा फुर्सद हुने बित्तिकै विद्यार्थीहरु अरु खेल छाडेर ब्याट र बल बोकेर उफ्रन थाल्छन् । उनीहरुको यस्तो रुची, उत्साह र क्रेजले स्कुलको कोर्षमै क्रिकेट पनि समावेश हुने भएको छ ।

भाले र कुखुरीको लब

भाले =हेर म तिमी लाई मन पराउछु ! कुखुरी = कति माया गर्छौ तिमी भन त ? भाले = हेर डार्लिङग तिम्रो लागि म जे पनि गर्न तयार छु तिमी भनेर त हेर ? कुखुरी = तेसो भए आज मेरो साटो अण्डा पारि देउन त ! आज मेरो अलि मोड छैन के । plz

कोरियाको कार्यसमय सबैभन्दा कडा

हेनेको सम्वाददाता दक्षिण कोरिया | दक्षिण कोरियाको कार्यसमय अन्य देशहरुमा भन्दा निकै कडा रहेको खुल्न आएको छ । कोरियाको महिला विकास संस्थानले कोरियामा रहेको १ हजार कम्पनीहरुमा गरेको सर्भेक्षणले यस्तो कुरा देखाएको हो । गत वर्षको जुलाई र अगष्ट महिनामा गरिएको सर्भेक्षणमा प्रत्येक कम्पनीबाट कम्तिमा पाँच जना कामदारहरु सहभागी गराइएको थियो । जसमध्ये केवल १२.५ प्रतिशत कम्पनीहरुले मात्र कार्यसमयलाई लचिलो बनाई कामदारहरुले चाहेको समयमा पार्ट टाईम कामको सुविधा दिने गरेको बताएका थिए । त्यस्तै ८.८ प्रतिशत कम्पनीहरुले अत्यधिक व्यस्त समयमा बढी समय काम दिने र काम कम भएको समयमा कार्यसमय छोट्याउने गरेको बताएका थिए । जसबाट काम कम भएको समयमा कामदारहरुले पार्ट टाइम काम गर्नका लागि पनि समय निकाल्न सक्छन् । कोरियाको तुलनामा युरोपियन युनियनमा कार्यसमय निकै लोचदार पूर्ण रहेको छ । स्वीडेनका ८० प्रतिशत कम्पनीहरुमा पार्ट टाइम कामदारहरु छन् । जुन कोरियाको १२.५ प्रतिशत भन्दा झन्डै ६ गुणा बढी हो । त्यस्तै जर्मनीमा ७९ प्रतिशत कम्पनीहरु तथा युकेमा ७५ प्रतिशत कम्पनीहरुमा पार्ट टाइम कामदारहरु रहेका छन् । युकेमा ६५ प्रतिशत कम्पनीहरुले कामदारलाई काम गर्नका लागि दुईवटा समय दिएर आफूलाई पायक पर्ने समय रोज्न लगाउने गरेको पाइएको छ । सो आँकडा स्वीडेनमा ६२ प्रतिशत र जर्मनीमा ५१ प्रतिशत छ ।

Monday, March 24, 2014